नियम ३२ग
विशेष जिम्मेवारी
(१) विद्यालयको प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अतिरिक्त क्रियाकलाप संयोजक जस्तो विशेष जिम्मेवारी लिएका शिक्षकलाई प्रत्येक वर्ष १ का दरले बढीमा ५ अङ्क दिइनेछ।
(२) विशेष जिम्मेवारी वापतको अङ्क दिंदा पूरै वर्ष काम नगरेको शिक्षकको हकमा काम गरेको अवधिको समानुपातिक हिसाबले अङ्क   दिइनेछ ।